newskoseli.Com

यस्तो छ आ.व. २०७९/८० को बजेट (पूर्णपाठ)

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आगामी आर्थिक वर्ष आ.व. २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । प्रतिनिधिसभ र राष्ट्रियसभााको आइतबारको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेका हुन् ।

चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

प्रदेश तथा स्थानीयतर्फ वित्त हस्तान्तरणमा ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत छुट्याइएको छ । आगामी आर्थिक वर्षमा राजस्वबाट १२ खर्ब ४० अर्ब ४१ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोरिने बजेटमा उल्लेख छ ।

चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्च राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड अपुग हुने देखिएकाले वैदेशिक ऋणबाट २ खर्ब ५६ अर्ब रुपैयाँ र बाँकी आन्तरिक ऋणबाट व्यहोरिने प्रस्ताव बजेटमामार्फत गरिएको छ ।

यस्तो छ बजेट–वक्तव्यको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर