newskoseli.Com

प्रेम आलेको राजीनामासँगै आनन्दराज बतासको स्ट्याटस : ‘नाइदर ह्याप्पी नर स्याड’

वर्तमान गठबन्धन सरकारको मन्त्रीपरिषदका सर्वाधिक चर्चित सदस्य हुन्– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले । गठबन्धनभित्र उनले प्रतिनिधित्व गर्ने दल नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फका मन्त्रीहरूको टिम नै परिवर्तन गर्ने निर्णय लिएसँगै यो मामिलाले जटिल रूप लिएको थियो । र, त्यसको केन्द्रविन्दु समेत उनै आले नै बन्न पुगेका थिए ।

एकीकृत समाजवादीका चारमध्ये अरू कुनै पनि मन्त्रीहरूले पद छाड्ने या राजीनामा दिने कदम चाल्नुअघि आइतबार दिउँसो उनै आलेले आफ्नो राजीनामा पार्टी अध्यक्ष माधवकुमार नेपालको हातमा थमाइदिए । आफूसहित दस सांसद्ले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै यसअघि नेतृत्वसमक्ष बुझाएको पत्रबाट समेत आलेकै नेतृत्वमा शनिबार छ सांसद्ले हस्ताक्षर फिर्ता लिएको घोषणा गरे ।

आलेको मन्त्रीत्वकालका सुरूआती दिनमा निकै चर्चामा थिए विवादास्पद व्यापारी आनन्दराज बतास । नारायणहिटी संग्रहालयदेखि पशुपति धर्मशालासम्म सेटिङमा हडपेका बतासका हर्कतहरूको आलेले धज्जी नै उडाइदिएका थिए ।

अन्ततः आलेले राजीनामा दिएको सार्वजनिक भएकै दिन (आइतबार दिउँसो) बतासले फेसबुक पेजमा छोटो तर सांकेतिक कोटेसनसहितको कभर फोटो पोस्ट गरेर प्रतिक्रिया जनाएका छन् । बतासले पब्लिस गरेको कभर फोटोमा अंग्रेजी भाषा प्रयोग गर्दै लेखिएको छ– ‘नाइदर ह्याप्पी, नर स्याड, आइ’म जस्ट ट्राइङ टु एक्जिस्ट’ (न खुसी न दुःखी, म आफ्नै अस्तित्वको प्रयास मात्र गर्दैछु ।)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर