newskoseli.Com

बाबुराम भट्टराईमाथि ‘कारबाही’ को डण्डा उज्याउँदै उपेन्द्र पक्ष !

पार्टीभित्र मतान्तर, शक्ति–संघर्ष र मतभेद चुलनासाथ एउटा पक्षले अर्को पक्षमाथि ‘कारबाही’ को डण्डा चलाउने र त्यो पक्षले बेग्लै पार्टी गठनको घोषणा गरी विभाजित हुने नेपाली राजनीतिको पछिल्लो श्रृंखला डा. बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सम्म पुगेको छ ।

जसपा अध्यक्ष यादव पक्षले पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईसहितका नेतालाई ‘कारबाही’ गर्ने भएको छ । सोमबार राति बसेको यादवपक्षीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराई, महेन्द्र यादवलगायत उनीहरु पक्षधर नेताहरुमाथि ‘कारबाही’ गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको बताइएको छ । भट्टराई र यादव पक्षीबीच स्थानीय तहको चुनावअद्दिदेखि नै विवाद उत्कर्षमा पुगिरहेको छ ।

मूलतः पार्टीमा यादव पक्षले एकलौटी गरेको भन्दै भट्टराई पक्षले सन्तुलित हिसाबमा अधिकारको बाँडफाँट हुनुपर्ने आवाज उठाउँदै आइरहेको छ । ‘एकेडेमिक’ हिसाबको ‘संघीय परिषद अध्यक्ष’ मा सीमित राखिएका भट्टराई र उनी पक्षधर नेताहरुले कार्यकारी अधिकार आफूहरुले समेत पाउनुपर्ने र महत्त्वपूर्ण निर्णयहरु सहमतिका साथ हुनुपर्ने मुद्धा लामो समयदेखि उठाउँदै आइरहेको छ ।

गतवर्ष सम्पन्न राष्ट्रिसभा चुनावको उम्मेदवारी छनोट, सरकारमा सहभागी मन्त्रीहरुको छनोट, भर्खरै सम्पन्न स्थानीय चुनावका उम्मेदवारहरुको छनोट आदिमा यादव पक्षले एकलौटी गरेको भट्टराई पक्षको भनाइ छ । यिनै विषयमा असन्तुष्ट सो पक्षले पार्टीभित्र हस्ताक्षर अभियान समेत चलाएको थियो । ती सबै कुरामा जानकार यादव पक्ष कार्यकारिणी समितिमा आफू पक्षको बहुमत भएको दाबीका साथ भट्टराईमाथि ‘कारबाही गर्न निर्णयमा पुगेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर