newskoseli.Com

माओवादी केन्द्रीय समिति बैठक : यी ९ एजेन्डामा छलफल

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार राजधानीमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूची (एजेन्डा) प्रस्तुत गरेका छन् ।

यी हुन् बैठकका एजेन्डा–

  1. श्रद्धाञ्जली
  2. नयाँ सदस्यहरुको सपथग्रहण,
  3. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी,
  4. प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ,
  5. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट,
  6. संगठनात्मक विषय,
  7. स्थानीय निर्वाचनको समीक्षा,
  8. प्रदेशसभा र संघीय निर्वाचनको तयारी,
  9. विविध ।

बैठकका यी एजेन्डामा कुनै सदस्यका तर्फबाट केही थप–घट भए सोको प्रस्ताव गर्न अध्यक्ष प्रचण्डले प्रचण्डले मौका दिएका थिए । यद्यपि कसैबाट पनि थप एजेन्डाबारे सुझाव नआएपछि यिनै एजेन्डा पास भएको जानकारी प्रचण्डले दिएपछि सोहीअनुसार बैठक अघि बढेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर