newskoseli.Com

सरकारलाई आयल निगमको दसबुँदे पत्र (पूर्णपाठ)

पेट्रोलियम आयात तथा बिक्रीवितरणको अवस्था भयावह हुन सक्ने भन्दै नेपाल आयल निगमले सोमबार सरकारलाई दसबुँदे पत्र पठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमले पठाएको पत्रमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने चेतावनी दिइएको छ ।

यस्ता छन् निगमले सरकारलाई पठाएको पत्रका बुँदाहरु–

  1. सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरूबाहेक सरकारी तथा निजी सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने ।
  2. देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने ।
  3. खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने ।
  4. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने तथा सार्वजनिक र निजी पार्किङस्थलमा विद्युतीय सवारीका लागि
    अलग्गै निःशुल्क पार्किङस्थल तोकिदिने ।
  5. पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक पटकमा ५ लिटर र कार तथा जिपलगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने ।
  6. छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने ।
  7. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।
  8. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिटअनुरुप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
  9. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।
  10. ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने ।​

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर