newskoseli.Com

अत्तालिँदै ओलीले सोधे– ‘यतिसाह्रो गठबन्धन किन ?’

सत्ताधारी गठबन्धन तत्कालै टुट्छ भनेर यो गठबन्धन बनेकै दिनदेखि दिनहुँ ‘भविष्यवाणी’ गर्दै आएका एमाले अध्यक्ष खड्ग ओली अब भने अत्तालिँदै तिल्मिलाउन थालेका छन् ।

लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई राजधानीमा शनिबार सम्बोधन गर्दै ओलीले गठबन्धनविरुद्ध असन्तुष्टि पोखे । ‘निर्वाचन पहिल्यै गठबन्धन किन बनाएको ? आगामी निर्वाचनअघि नै पाँचदलीय गठबन्धनले नपुगेर अझ विस्तार किन गर्नुपरेहको हो ?’

दलहरुले एक्लाएक्लै चुनाव लड्नुपर्ने र चुनावपछि सरकार गठनका लागि मात्रै गठबन्धन बनाउनुपर्ने ओलीको भनाइ छ । मा एमालेलाई रोक्न चुनावअघि नै गठबन्धन भइरहेको बताउँदै ओलीले भने– ‘पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन् । यो गठबन्धन किन बनाउनुपर्‍यो ? यति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो ?’

चुनावमा आ–आफ्ना एजेन्डा लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने बेलामा मात्रै गठबन्धनमा जानुपर्ने उनको भनाइ छ । ‘एमालेलाई बहुमत ल्याउनबाट रोक्नका लागि यो गठबन्धन हो,’ ओलीले भने– ‘एमालेले संविधान र कानुनवमोजिम सुशासन कायम गर्दै शान्ति र सुरक्षा व्यवस्था कायम गर्ने एवं भ्रष्टाचार नियन्त्रण गर्ने भएकाले देशलाई शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासनको बाटोमा अगाडि लैजान नदिनका लागि गठबन्धन बनाइएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर