newskoseli.Com

तेस्रो राष्ट्रपति को बन्ला अब ?

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिँदै छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनबारे चर्चा सुरू भएकाे हाे ।

निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । कांग्रेसले राष्ट्रपति बनाउने मौका पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौला समेत राष्ट्रपति बन्ने दौडमा छन् ।

सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन, डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटामध्ये कुनै एकजना नेपालको तेस्रो राष्ट्रपति बन्न सक्नेछन् । गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति छान्ने मौका पाएमा भने सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ ।

यदि एमाले–राप्रपा–जसपा गठबन्धनले निर्वाचनमा बहुमत ल्याएमा भने एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एक जनालाई राष्ट्रपतिका रुपमा अघि सार्ने सम्भावना रहेको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर