newskoseli.Com

माओवादी घटकहरुले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग संयुक्त छलफल गर्दै

विभिन्न धार र घटकमा विभाजित माओवादी खेमाहरुले संयुक्त रुपमा नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रियाको पूर्णता र विरोधीहरुका पछिल्ला हर्कतबारे माओवादी धारका पार्टीहरूले राजधानीमा मंगलबार (आज) बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।

२६ फागुनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ माओवादी घटकहरुको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौ, शान्ति प्रक्रियाको पूर्णता र पछिल्ला गतिविधिबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

माओवादी घटक दलहरूले फागुन २८ मा संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । नागरिक अगुवाहरूसँग अन्तर्क्रिया गर्ने र त्यसमा प्राप्त सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटकहरूको तयारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर