newskoseli.Com

‘हामी राम्रो गर्छौं, राम्रोबाहेक अरु गर्दैनौं’ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले राम्रो मात्रै गर्ने र राम्रोबाहेक गर्दै नगर्ने बताएका छन् । दिवंगत वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौं’– प्रधानमन्त्री प्रचण्डले भने । निर्मल लामासँगका आफ्ना विगतका स्मरणहरुको चर्चा गर्दै प्रधानमन्त्रीले भने– ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेका हौं । सम्झनाका लागि लामाजीका थुप्रै प्रसंगहरु छन् हामीसँग ।’

नेपालमा अहिले नयाँ परिस्थिति बनेको चर्चा गर्दै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ वर्तमान सरकार अगाडि बढेको उनले बताए । सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति आफूहरुलाई इमानदार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास प्रचण्डले व्यक्त गरे ।

‘सुशासनका निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौं, लामाजीलाई सम्झँदै गर्दा उहाँको इमानदारिता, क्रान्तिप्रतिको निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु’– प्रचण्डले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर