newskoseli.Com

प्रदेशमन्त्रीको सवारी दुर्घटना : कानुनमन्त्री सिंहसहित ३ को निधन

मंगलबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा उनको निधन भएको हो ।

मेडिकल कलेजमा उनीसहितका घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभाकी सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको पुष्टि गरेकी छन् । साँझ ५ बजेर ३३ मिनेटमा मन्त्री सिंहको निधन भएको उनले जनाएकी छन् ।

प्रदेशमन्त्री सिंह सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका– १, नयाँगाउँमा दुर्घटना भएको थियो । दुर्घटनालगत्रै उपचारार्थ मन्त्री सिंहलाई बाँकेको कोहलपुर लगिएको थियो ।

सोही दुर्घटनामा परेकी मन्त्रीपत्नी अमृता सिंह र मन्त्रीकी भाउजू जयादेवी सिंहको यसअघि नै घटनास्थलमै मृत्यु भइसकेको छ । मन्त्रीका सवारीचालक ३५ वर्षीय धर्मराज जोशी र निजी सुरक्षा अधिकृतको भने नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर