newskoseli.Com

विचारलाई पैतृक सम्पत्ति ठान्नेहरू कसरी कम्युनिस्ट ?

विचारको प्रश्नलाई पैतृक सम्पत्तिझैं ठान्नेहरु कम्युनिस्ट हुन सक्छन् ? बाबुको सम्पत्ति वा पैतृक सम्पत्ति कानुनी रूपले छोराछोरीमा हस्तान्तरण भएझैं विचार पनि के त्यसरी नै हस्तान्तरित हुन्छ र हुन सक्छ ?

विचारको कुरालाई वा विचारको हस्तान्तरणलाई सम्पत्तिको कानुनी हस्तान्तरणझैं सजिलो ढङ्गले बुझ्नेहरू के कम्युनिस्ट वा भौतिकवादीहरू हुन सक्छन् ? सम्पत्तिको हस्तान्तरणझैं विचारको पनि हस्तान्तरण हुने भए यो दुनियाँमा एकपछि अर्को आन्दोलनहरू र संघर्षहरू हुँदैनथे होलान् ! नेताहरूका छोराछोरी जन्मिसकेपछि नेताहरु र आन्दोलन अनि संघर्षहरूको कुनै औचित्य पनि हुँदैनथ्यो होला !

आफूलाई मार्क्सवादी भन्नेहरू र आफूलाई भौतिकवादी भन्नेहरूले विचारको हस्तान्तरण सम्पत्तिको कानुनी हस्तान्तरणझैं वा बाउ–आमाको छोराछोरीमा स्वाभाविक बायोलजिकल प्रक्रियाका रूपमा प्राकृतिक रूपले हुने डीएनएको हस्तान्तरणझैं हुन्छ भनेर बुझ्नेहरू, विचारको प्रश्नलाई सोझो र यान्त्रिकरुपले बुझ्नेहरू वा मार्क्सवादको विज्ञानलाई सजिलो रूपले बुझ्नेहरू कसरी मार्क्सवादी वा भौतिकवादी हुन सक्छन् ?

विचारका लागि जनताका बीचमा जानुपर्ने, व्यवहारमा गएर जनतासितै दुःख–कष्ट, पीडा, मेहनत, परिश्रम गर्दै, व्यक्तिगत रूपले नै भौतिक–वैचारिक, बौद्धिक–सांस्कृतिक व्यवहार र संघर्षहरूमा भाग लिनुपर्ने, लगानी लगाउनुपर्ने कुरालाई अनदेखा र अविश्वास गर्नेहरू आदर्शवादीहरू मात्रै हुने गर्दछन् । उनीहरू मात्रै राजा–महाराजा, सामन्तका छोराछोरी, राजामहाराजा र सामन्त नै हुन्छन् भनेजस्तै नेताका छोराछोरी नेताजस्तै र नेता नै हुन्छन् भन्ने सामन्तवादी–आदर्शवादी सोच राख्नेहरू हुन सक्छन् र हुन सक्दछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर