newskoseli.Com

क्रान्तिकारी कम्युनिस्ट पार्टीको मधेश अधिवेशन सम्पन्न

मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मधेश प्रदेश संगठन समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । धनुषाको वीरेन्द्रबजारमा असार ९ र १० मा अधिवेशन सम्पन्न भएको हो ।

सो पार्टीको केन्द्रीय कार्यालय समितिका वरिस्ठ सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख गौरवको प्रमुख आतिथ्यता, मधेश प्रदेश इन्चार्ज सागरको आतिथ्यता र मधेश प्रदेश संयोजक रमेशको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उक्त पार्टीका नेता नयनले जानकारी दिएका छन् । कार्यक्रममा मधेश प्रदेशका सबै जिल्लाहरुबाट उल्लेख्य सहभागिता रहेको धनुषाबाट प्राप्त समाचारमा उल्लेख छ ।

एकता अधिवेशनबाट ९५ जनाको मधेश प्रदेश समितिको चयन भएको बताइएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच वैशाख १८ मा पार्टी एकता भएको थियो ।

सोही एकता प्रक्रियालाई देशव्यापीरुपमा सम्पन्न गर्ने सिलसिलामा सबै प्रदेशहरुमा एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गर्ने सो पार्टीको केन्द्रीय योजना छ । योजनाअनुसार क्रमशः जिल्ला, पालिका र वडासम्म अधिवेशन, प्रशिक्षण र बैठकहरू चल्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर