newskoseli.Com

को–को हुन् ‘ललिता निवास’ प्रकरणमा पक्राउ परेका २० जना ? (नामावलीसहित)

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको सरकारी निवाससँगै अवस्थित ‘ललिता निवास’ को सरकारी जग्गा हिनामिना गरेको आरोपमा हालसम्म २० जना पक्राउ परिसकेका छन् । यीमध्ये १७ जना प्रहरीको कस्टडीमै छन् भने ३ जनाचाहिँ अदालतको आदेशबाट छुटे पनि प्रहरीको निगरानीमै रहेका छन् ।

पछिल्लो पटक प्रहरीले भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर (सीडीई) बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सहलेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएको छ । यसअघि प्रहरीले असार २६ मा तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो । भूमिसुधार तथा व्यवस्था विभागको महानिर्देशक रहँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठीमा नक्कली मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप लागेको छ ।

यी हुन् प्रहरी नियन्त्रणमा रहेका १७ जना

१. मीनबहादुर गुरुङ- भाटभटेनी सुपर मार्केटका सञ्चालक
२. सुधीरकुमार शाह- पूर्व निर्वाचन आयुक्त
३. धर्मप्रसाद गौतम- शाखा अधिकृत
४. गोपाल कार्की- अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई- तत्कालीन वडा सचिव
६. घमानकुमारी कार्की- नापी सर्वेक्षक
७. बाबुराजा महर्जन- नक्कली मोही
८. रमेशकुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख
९. देवनारायण महर्जन- मोही
१०.लोकहरी घिमिरे- समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख
११. ध्रुवप्रसाद अर्याल- नापी सर्वेक्षक
१२. कृष्णबहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव
१३. योगराज पौडेल- नासु, डिल्लीबजार मालपोत
१४. नारायणदास मिश्र- पूर्व खरिदार, डिल्लीबजार मालपोत
१५. रुद्रप्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग
१६. बालकृष्ण श्रेष्ठ- सीडीई, भौतिक योजना तथा निर्माण मन्त्रालय
१७. विनोद पौडेल- सहलेखापाल, समरजङ्ग कम्पनी

अदालतकाे स्टे अर्डरमा छुटेकाहरू

१. कलाधर देउजा- प्रमुख, डिल्लीबजार मालपोत
२. सुरेन्द्रमान कपाली- अधिकृत
३. हुपेन्द्रमणि केसी- शाखा अधिकृत

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर