newskoseli.Com

वर्ष दिनपछि कांग्रेस केन्द्रीय समितिको बैठक : यी हुन् छलफलका १० एजेन्डा

वर्तमान संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक वर्षपछि मंगलबारदेखि सुरु हुँदै छ । सानेपा, ललितपुरस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न दस एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

उक्त पार्टीको विधानअनुसार प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बल्ल बस्न लागेको हो । सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा (कार्यसूची) तय गरेको छ । सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिएअनुसार सोमबारको बैठकले तय गरेका एजेन्डाहरु यसप्रकार छन्–

  • समसामयिक राजनीतिक विषय
  • कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेस गर्ने
  • साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव
  • नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने
  • निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने
  • विभागहरु गठनसम्बन्धी
  • राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव
  • अनुशासन समितिको प्रतिवेदनसम्बन्धी
  • प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकासम्बन्धी
  • सरकारमा पार्टीको भूमिकासम्बन्धी

पदाधिकारी–पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समितिको बैठकलाई पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर