newskoseli.Com

जनवाद र समाजवाद : समानता र भिन्नता

वि.सं. २००७ साल वरिपरिदेखि (विशेषतः २२ अप्रिल, १९४९ अर्थात् १० वैशाख, २००६ मा नेकपाको स्थापना भएयता) नेपालमा जनवाद, समाजवाद र साम्यवादजस्ता पदावलीहरूबारे चर्चा–परिचर्चा, बहस–छलफल र अध्ययन–अनुसन्धान गर्ने काम हुँदै आएको छ । यो कामले कहिले तीव्र गति पक्डने गरेको छ भने कहिले शुषुप्त रूप लिने गरेको भए तापनि जनवाद, समाजवाद र साम्यवादप्रति धेरैको आशा–अपेक्षा र विश्वास–भरोसा कायम छ ।

सैद्धान्तिक एवम् दार्शनिक हिसाबले जनवाद र समाजवादका कतिपय सार्वभौम गुण, विशेषता र चरित्र हुन्छन् । व्यावहारिक एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव तथा देश–काल–परिस्थितिको आवश्यकताअनुसार यिनका कतिपय चाहिँ मौलिक विशेषता र चरित्र हुन्छन् । जनवाद अर्थात् नयाँ जनवाद र समाजवाद अर्थात् वैज्ञानिक समाजवादका मूलभूत विशेषताहरूलाई सङ्क्षिप्तमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ–

नयाँ जनवाद र वैज्ञानिक समाजवादका समानता र भिन्नता

नयाँ जनवाद वा जनगणतन्त्र

  1. निजी सम्पत्तिको प्रधानता ।
  2. गरिब जनता (मजदूर, किसान, साना व्यवसायी, बौद्धिक श्रमिक आदि) को संयुक्त शासन । गरिब वर्गको लोकतन्त्र ।
  3. जमिनदारीको अन्त्य, भूमिको न्यायोचित वितरण (खेती गर्नेहरूलाई जमिन उपलब्ध गराउने) ।
  4. नाफामा निरङ्कुशता (उद्योग, व्यापार, बैंक, बीमा आदि) र तलब सुविधाहरूमा भएको निकै ठूलो विभेदको अन्त्य ।
  5. आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्र (जनसहकारीमा आधारित उत्पादन, प्रगतिशील कर प्रणाली, जमिन/नाफा/तलब–सुविधा/भाडा आदिमा रहेको विभेदमा हदबन्दी) ।
  6. समाजवादमा उक्लने लक्ष्य ।
  7. ठाउँ–ठाउँ र कतिपय क्षेत्रमा समाजवादी अभ्यास, राज्यनियन्त्रित पुँजीवादकै केही स्थान ।

वैज्ञानिक समाजवाद

  1. सार्वजनिक सम्पत्तिको प्रधानता ।
  2. मजदूर–प्रधान शासन/श्रमजीवी वर्गको लोकतन्त्र ।
  3. भूमिको सामुदायिकीकरण र राष्ट्रियकरण ।
  4. उद्योग, व्यापार, बैंक, बीमा इत्यादिको सामुदायिकीकरण र राष्ट्रियकरण । श्रमजीवीहरूलाई पनि अरुसरह तलब–सुविधा ।
  5. बौद्धिक श्रम र शारीरिक श्रमबीच विभेदको अन्त्य । सार्वजनिक स्वामित्वमा जोड । ‘कामअनुसारको माम’ बाट ‘क्षमताअनुसार काम र आवश्यकताअनुसार माम’ मा सङ्क्रमणका निम्ति जोड ।
  6. साम्यवादमा उक्लने लक्ष्य ।
  7. कतिपय ठाउँमा समाजवादी अभ्यास, केही ठाउँमा भने सुरु–सुरुमा जनवादी कार्यक्रमकै केही स्थान ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर