newskoseli.Com

मुख्यमन्त्रीबाटै ‘कोशी प्रदेश’ नामकरण औपचारिक अस्वीकार !

गतवर्ष प्रदेशको नामकरण गरेर चरम विवादास्पद बनेको ‘कोशी प्रदेश’ का वर्तमान मुख्यमन्त्री केदार कार्की स्वयमले नै सो प्रदेशको उक्त नामकरण अस्वीकार गरेका छन् । कांग्रेसको ‘असन्तुष्ट’ पक्षबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार तमु ल्होछारको अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत नामकरण अस्वीकार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको लिखित सन्देशमा मुख्यमन्त्री कार्यालयको आधिकारिक लेटर हेड प्रयोग गरिएको छ । लेटरहेडको माथि बायाँपट्टि नेपाल सरकारको प्रतीक चिह्न (लोगो) मुनि ‘मुख्यमन्त्री’ लेखिएको छ भने बीचमा पूरै खालि छाडिएको छ र दायाँपट्टि ‘विराटनगर नेपाल’ लेखिएको छ । उक्त लेटरहेडमा कहीँ–कतै पनि प्रदेशको नाम नै लेखिएको छैन । सन्देशको पुछारमा पनि दुई लाइनमा ‘केदार कार्की मुख्यमन्त्री’ लेखेर हस्ताक्षर गरिएको छ तर प्रदेशको नाम लेखिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर