कांग्रेस–एमाले संयुक्त सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आइतबार राजधानी (ललितपुर) मा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा समसामयिक राजनीतिक परिवेश, सरकार गठनयताको ६ महिने अवधिको समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा चर्चा गरिएको छ । अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहकार्यमा चलिरहेको ‘नयाँ राजनीतिक कोर्स’ को समेत समीक्षा गरेका छन् ।