
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३–२३ मंसिर, २०८१ मा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनबाट केन्द्रीय नेतृत्वका आकांक्षी धेरै कार्यकर्ताहरुको आकांक्षा पूरा भएन । व्यक्तिगत महत्त्वाकांक्षाकै कारण महाधिवेशन अघि र पछि पटक–पटक गरी उक्त पार्टीबाट सयौं कार्यकर्ताहरू बाहिरिए ।
पार्टी सानो तर कचिंगल ठूलो भएको उक्त पार्टीका शीर्ष नेताहरु पनि संगठन, नेता–कार्यकर्ता र अन्य व्यवस्थापनमा खासै व्यवहार कुशल देखिएनन् । केही वर्ष पार्टीमा काम गरेका सवै कार्यकर्ताले आफैंलाई ठूलो ‘नेता’ ठान्ने र केन्द्रीय नेतृत्वको जबर्जस्त दावेदार ठान्ने तर यथार्थता, संगठनात्मक आवश्यकता र शीर्ष नेतृत्वमा देखिएको व्यवहार कुशलताको अभावका कारण उक्त पार्टीका थुप्रै कार्यकर्ताहरु त्यहाँबाट बाहिरिए । बेग्लाबेग्लै समूह बनाएर लाखापाखा लागेका उनीहरुमध्येका केही प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र केही विप्लव नेतृत्वको नेकपामा समाहित भए भने केहीचाहिँ बेग्लाबेग्लै ‘पार्टी’ गठन गरेर क्रियाशील छन् ।
त्याग, लगानी र हैसियत असाध्यै न्यून मात्र भए पनि निकै ठूलो महत्त्वाकांक्षा बोकेका केही युवा कार्यकर्ताहरु भने महाधिवेशन अघि नै क्राकपाबाट बाहिरिई दुई–तीनवटा बेग्लाबेग्लै समूह बनाएर क्रियाशील छन् । केही समय अलग्गै अभ्यास गर्ने, स–सानो हैसियत आर्जन गर्ने अनि अन्ततः ‘राम्रो बार्गेनिङ’ गरेर प्रचण्डहरुमै समाहित हुने ती समूहहरुको नियत र प्रयास देखिएको क्राकपाका एक नेताले न्युजकोसेलीलाई बताए ।
गतवर्ष विप्लवहरुबाट अलग्गिएर नेकपा (बहुमत) गठन गरेका नेताहरुमध्ये धर्मेन्द्र बास्तोला नेतृत्वको समूह पनि किरण नेतृत्वको पार्टीले महाधिवेशन गर्नुभन्दा केही महिनाअघि ‘एकता भंग’ को घोषणा गर्दै बाहिरिएको थियो । उक्त समूहबाट समेत अलग्गिएर केही युवा कार्यकर्ताहरूले अलग्गै ‘पार्टी’ गठन गरे । पहिले धर्मेन्द्र–हेमन्त नेतृत्वको समूहमा रहेका तर क्राकपाबाट अलग्गिँदा धर्मेन्द्रसँग नलागेका युवा कार्यकर्ताहरूको समूहले गरिरहेको प्रयास र नियत पनि महाधिवेशनअघि क्राकपाबाट अलग्गिएर भिन्दाभिन्दै समूह गठन गरेका युवा कार्यकर्ताहरूको भन्दा फरक नभएको क्राकपाका ती नेताको भनाइ छ ।
यस्तो छ क्राकपाको महाधिवेशनबाट केन्द्रमा छानिएकाहरूको नामावली
१. अम्बिका मुडभरी
२. अशोक लम्साल
३. अमिर महर्जन
४. अम्बिका सुदृष्टि
५. आकाश गौतम
६. आनन्द थापा
७. ईश्वर तिमिल्सिना
८. इन्द्र राउत
९. इन्द्रमोहन सिग्देल
१०. ईश्वरराज ढुंगेल
११. कमलराज रोकाया
१२. कर्ण थापा
१३. कर्ण किसी
१४. कृष्णभक्त महर्जन
१५. केशबहादुर परियार
१६. केशरबहादुर पुन
१७. केदार खतिवडा
१८. कृष्णसिंह दनुवार
१९. कृष्णराज पौडेल
२०. कृष्ण केसी
२१. खगेश्वर शर्मा
२२. गणेश खड्गी
२३. गंगा पौडेल
२४. गुणनिधि आचार्य
२५. घनश्याम श्रेष्ठ
२६. धनराज सापकोटा
२७. चन्द्रप्रकाश गजुरेल
२८. चक्रपाणि शर्मा
२९. चन्द्रहरि सुवेदी
३०. चिन्तामणि पौडेल,
३१. जगदीशचन्द्र भण्डारी
३२. जितामणि प्रसंग
३३. जय आचार्य
३४. टीका पौडेल
३५. टीका राना
३६. डम्बर विष्ट
३७. डिल्ली बोहोरा
३८. दिनेश शर्मा
३९. दूलसिंह खत्री
४०. दीपक शाही
४१. दीपक पौडेल
४२. दिनेश थापा
४३. दयाराम खनाल
४४. दोर्जी शेर्पा
४५. धनेश्वर पोखरेल
४६. धनपति ज्ञवाली
४७. नरेन्द्र थापा
४८. नारायण अधिकारी
४९. नारायण शर्मा
५०. नारायण योगी
५१. निरज केसी
५२. निलम ओली
५३. नारायण भण्डारी
५४. परि थापा
५५. पवनमान श्रेष्ठ
५६. पदम लिम्बु
५७. प्रेम सुवेदी
५८. प्रणाम देव
५९. विमल निरौला
६०. वीरेन्द्र यादव
६१. बालकृष्ण राई
६२. बालकृष्ण ओली
६३. बालकृष्ण सुवेदी
६४. दीपक थापा
६५. भरत बोक्दा
६६. भीम चापागाईं
६७. मोहन वैद्य किरण
६८. मोहनसिंह कानु
६९. महेन्द्र बस्याल
७०. मनवाहादुर श्रीष
७१. मनु वि.क.
७२. योगेन्द्र ढकाल
७३. रमेश पौडेल
७४. रामसिंह श्रीस
७५. रामबहादुर बुढा
७६. रामबहादुर केसी
७७. रामनारायण सिंह
७८. रामबहादुर महरा
७९. रेशम गिरी
८०. रुद्र कँडेल
८१. रुद्र फुयाँल
८२. राजेन्द्र नेपाली
८३. रामबहादुर थारु
८४. रामकृष्ण खतिवडा
८५. सञ्जय सिंह
८६. लालबहादुर जाग्री
८७. लाल कँडेल
८८. सिताराम तामाङ
८९. सुरेश श्रेष्ठ
९०. सोमबहादुर तामाङ
९१. शारदा महत
९२. सीता बुढाथोकी
९३. सुमन पराजुली
९४. सन्तबहादुर नेपाली
९५. सुरेन्द्र भण्डारी
९६. शेरकुमार खड्का
९७. शशीधर भण्डारी
९८. शेरबहादुर देउजा
९९. सूर्यबहादुर तिमिल्सिना
१००. शिव धिमाल
१०१. शिव श्रेष्ठ
१०२. सूर्य भुजेल
१०३. श्यामबहादुर बोहोरा
१०४. हरिभक्त कँडेल
१०५. हिरामणि दुःखी
१०६. हुकुमबहादुर सिंह
१०७. हरिप्रसाद सुवेदी
१०८. हेमराज वाग्ले
१०९. हेमन्तप्रकाश ओली
११०. होमबहादुर खड्का
१११. क्षेत्रबहादुर थापा
११२. प्रभात शाह
११३. बाबुराम सुवेदी
११४. हरेराम कँडेल