newskoseli.Com

अर्कैतिर मोडेको देखिनाले ‘जेनजी आन्दोलन’ प्रति आशंका : क्राकपा

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘जेनजी आन्दोलन’ ले अभूतपूर्व समर्थन पाए तापनि सरकारी भवन र संरचनाहरुलाई निशाना बनाएकाले त्यसप्रति आशंका गर्नुपर्ने अवस्था भएको निष्कर्ष निकालेको छ ।

सो पार्टीका कार्यबाहक महासचिव चन्द्रप्रसाद गजुरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार उक्त पार्टीको बुधबार बसेकोस्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आन्दोलनकारीलाई सुझाव दिँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीले भनेको छ– ‘आन्दोलनकारीहरुलाई हामी यो वार्ताको समयमा नै अग्रगामी दिशाको पक्षमा उभिने सल्लाह दिन चाहन्छौँ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर