newskoseli.Com

गणतन्त्र र संविधान मास्ने हर्कत असफल पारिएको राष्ट्रपतिद्वारा पुष्टि !

‘जेनजी आन्दोलन’ को दुरुपयोग गर्दै सोही आन्दोलनको आवरणमा प्रतिगामी तत्त्वहरुद्वारा नेपालको संविधान, २०७२ सहित गणतन्त्र एवम् लोकतान्त्रिक शासन व्यवस्था समाप्त पार्न अधिकतम हर्कत गरिएको तथ्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुष्टि गरेका छन् । तत्कालका लागि प्रतिगमनकारी हर्कतहरुलाई परास्त गरिएको भए तापनि त्यो अनिष्ट अझ पनि पूरै टरिनसकेकोतर्फ समेत राष्ट्रपति पौडेलले संकेत गरेका छन् ।

‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ,’– शनिबार (भदौ २८ गते) अपिल जारी गर्दै राष्ट्रपति पौडेलले यसबीचको प्रतिगमनकारी हर्कतलाई सांकेतिक रुपमा उजागर गरेर लेखेका छन्– ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगागमी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सवै पक्षलाई हार्दिक अपिल गर्दछु ।’

तानाशाह खड्गप्रसाद ओली नेतृत्वको सरकारले मच्चाइरहेको भयंकर ब्रह्मलुट, अत्यासलाग्दो कुशासन र लोकतन्त्रविरोधी हर्कतहरु तथा कांग्रेस–एमाले गठबन्धनले मुलुकलाई निरन्तर अँध्यारो खाडलतर्फ धकेलिरहेको स्थितिमा ‘जेनजी’ हरुको विरोध र विद्रोह जायज मात्र होइन, अत्यावश्य नै थियो । तर, त्यो विद्रोहले अघि सारेको एजेन्डा सत्तापलट थिएन, केवल सामाजिक सञ्जालहरुमाथिको प्रतिबन्ध तत्काल हटाउनु र मुलुकमा विद्यमान चरम भ्रष्टाचार, बेथिति एवम् कुशासनको अन्त्य गर्नु मात्र थियो ।

यद्यपि जनतामा व्याप्त चरम असन्तुष्टि र आक्रोश तथा ‘जेनजी’ हरूले आह्वान गरेको नितान्त शान्तिपूर्ण विरोधको आड लागेर ‘जेनजी’ भन्दा बाहिरका अनेकौं शक्तिहरूले घुसपैठ गरी भयंकर चलखेल गरे; शान्तिपूर्ण ‘जेनजी विद्रोह’ लाई हिंसात्मक र विध्वंसात्मक स्वरूपमा बदले । यस क्रममा अनेकौं रूपरंगका अवसरवादी तत्त्वहरू र प्रतिगमनकारी पक्ष घुसेर सवैभन्दा बढी विध्वंस मच्चाए ।

आततायी ओली सरकार अपदस्थ भइसकेपछि पनि अवसरवादी र प्रतिगमनकारी तत्त्वहरूले विद्रोहलाई आतंकमा बदल्न हरसम्भव प्रयास गरिरहे । उनीहरुले संविधान नै खारेज गराउने, राष्ट्रपतिलाई अपदस्थ गर्ने र सैन्य ‘कु’ मार्फत सामन्तवादी राजतन्त्रात्मक सिनोलाई सत्तासीन गराउने दुष्प्रयत्न गरिरहे ।

राष्ट्रपति पौडेलको साहसपूर्ण र बुद्धिमत्तायुक्त सत्प्रयास, नेपाली सेनाभित्रको विवेकशील एवम् जनपक्षीय तप्का र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घनीभूत एवम् सुझबुझपूर्ण तथा संयोजनकारी भूमिकाको प्रतिफलस्वरुप प्रतिगमनकारी विध्वंसात्मक हर्कत असफल भई मुलुक आंशिक रुपले सकारात्मक निकासतर्फ उन्मुख भएको छ ।

यस्तो छ राष्ट्रपति पौडेलको अपिलः

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर