newskoseli.Com

बजेटमा खोई त पत्रकारका विषय ?

आ.व. २०७३/७४ को बजेटमा पत्रकारका विषयलाई प्राथमिकता नदिइएको भन्दै नेपाल पत्रकार महासङ्घकाे राजधानीका ३ वटै जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महासङ्घका काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले अाइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सञ्चार क्षेत्रले उठाउँदै आएका मागको यथेष्ट सम्बोधन नभएकाले पत्रकारमैत्री बजेट आउन नसकेको उल्लेख गरेका छन् ।

महासङ्घले लोकल्याणकारी विज्ञापनको रकममा वृद्धि गर्नुपर्ने, सरकारी विज्ञापनको समानुपातिक वितरण प्रणाली तत्काल लागू गरिनुपर्ने, अशक्त एवम् ज्येष्ठ पत्रकार सम्मानवृत्ति कोषको घोषणा गर्नुपर्ने र आवश्यक बजेट व्यवस्था गर्न तथा अहिले सुरु भएको दुर्घटना बिमालाई उपचार बिमामा बदल्नुपर्ने माग गरेको ललितपुर शाखा अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।

पत्रकारको दक्षता अभिवृद्धिका लागि स्वतन्त्र, स्वायत्त र प्राज्ञिक स्तरबाट व्यावसायिक रूपमा सञ्चालन हुने गरी राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र आमसञ्चार सङ्ग्रहालय तथा अध्ययन प्रतिष्ठान स्थापना गरी यसलाई प्रदेश स्तरसम्म विस्तार गर्ने गरी आवश्यक बजेटको व्यवस्था गर्न महासंघले सरकारसँग माग गर्दै आएको थियो ।

पत्रकारका लागि सरकारी अस्पतालमा उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएकाप्रति शाखाले खुसी व्यक्त गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर