newskoseli.Com

समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति : बाबुराम

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक रहेको बताएका छन् ।

नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाको सन्दर्भमा आइतबार ठिमीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले भने– ‘स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ ।’ उनले मुलुकमा स्थायी सरकार भए मात्र समृद्धिको बाटोमा अगाडि बढ्न सकिनेमा जोड दिए ।

‘संविधानका अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्छ,’ उनले भने– ‘मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गका अधिकारलाई संविधान संशोधनमार्फत पूर्णता दिन पनि ढिलाई गर्नु हुँदैन ।’

नयाँ शक्तिले दस वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी देश बनाउने लक्ष्य लिएको संयोजक भट्टराईले बताए । उनले ‘सुदूर भविष्यको सपनाको व्यापार गर्नुभन्दा नयाँ शक्ति हाम्रै जीवनकालमा समृद्धिलाई सम्भव बनाउन लागिपरेको’ उल्लेख गरे ।

Bhaktapur Naya shaktiभारत र चीनबीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राख्नुपर्नेमा संयोजक भट्टराईले जोड दिए । ‘नेपालले भारत र चीनबीच गतिशील पुल बन्ने भूमिका खेल्नुपर्छ,’ उनले भने– ‘यसरी मात्र राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न सकिन्छ ।’

युवाहरुलाई देश निर्माणमा परिचालित गराई शैक्षिक बेरोजगारी हटाउने, विदेश पलायन हुनबाट जोगाउने र उनीहरुको सीप–श्रम आफ्नै देशभित्र लगानी गरी आर्थिक समृद्धितर्फ अभिप्रेरित तुल्याइने कुरामा उनले जोड दिए ।

डेनमार्कमा पनि नयाँ शक्ति

नयाँ शक्ति नेपाल निकट अन्तर्राष्ट्रिय नेपाल समाज डेनमार्कको गठन भएको छ । ईश्वर पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय अन्तरिम परिषदमा सुरेन भण्डारी, गोविन्द सापकोटा, अस्मिता कँडेल र निशा पाठक रहेका छन् ।
समिति विस्तारको क्रममा रहेको समाजका संयोजक पाण्डेले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर