newskoseli.Com

चन्द माओवादीद्वारा ‘सेभ द चिल्ड्रेन’ माथि ‘कारबाही’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सिन्धुपाल्चोकले सोमबार राति ११ बजे जिल्ला सदरमुका चाैतारास्थित सेभ द चिल्ड्रेन नामक संस्थामाथि ‘कारबाही’ गरेको जनाएको छ ।

माओवादी सिन्धुपाल्चाेकका जिल्ला नेताले न्युजकोसेलीलार्इ दिएको जानकारी अनुसार उक्त संस्थाले भूकम्पको राहतका नाममा अरबौं घोटाला गरेको र हिसाबकिताब पारदर्शी गराएर जनताका नाममा देश–विदेशबाट संकलित रकम र अन्य सामग्री जनतामै पुर्याउन पटकपटक सुझाव दिँदा समेत अटेर गरेकाले बाध्य भएर माओवादीले उक्त संस्थामाथि ‘कारबाही’ गरेको हो ।

माओवादीको ‘कारबाही’ का क्रममा ‘सेभ द चिल्ड्रेन’ का २ वटा गाडी र एउटा मोटरसाइकल जलेर नष्ट भएका छन् । भूकम्पपछि जिल्लामा पुनर्निर्माण र राहत वितरण गर्दै आएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गर्नुपरेको माअाेवादीले जनाएको छ ।

Bigyapti1उक्त संस्थामाथि ‘कारबाही’ गर्नुपर्नाको कारण उल्लेख गर्दैै माओवादीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘५ अर्बभन्दा माथिको काम गरे पनि हिसाबकिताब पारदर्शी नभएको, उक्त संस्थाले वितरण गरेका सबै राहत सामग्री गुणस्तरहीन भएको, निश्चित व्यापारीहरुसँग मिलेर कमिसन लिई निश्चित पसलमा मात्रै सामग्री खरिद गर्न जनतालाई बाध्य पारेको र मूल्य साविकको भन्दा दोब्बर तुल्याएको हुँदा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको ‘सेभ द चिल्ड्रेन’ को कार्यालयमा कारबाही गर्न बाध्य भएका छौं । अन्य भ्रष्ट संस्थाहरुमाथि पनि कारबाही गर्दै जाने व्यहोरा समेत जनसमुदायमा जानकारी गराउँदछौं ।’

प्रहरीले भने पाँच–छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा १३ च ५९१४ नको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको जनाएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर