newskoseli.Com

युरोकपमा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा

फ्रान्सका एक नागरिकले युरो कप फुटबल प्रतियोगितामा ठूलो आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ ।

गत महिना ठूलो मात्रामा हतियारसहित युक्रेनमा पक्राउ परेका २५ वर्षीय फ्रान्सेली नागरिक ग्रेगुआ मातोले युरो कप फुटबलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको अधिकारीहरुले जनाएका छन् ।

पक्राउ परेका व्यक्तिले पुल, बाटो, एक मस्जिद तथा यहुदीको पूजास्थललाई आफ्नो निशाना बनाउन चाहेको बताइएको छ ।

उनलाई युक्रेन र पोल्यान्डको सीमाबाट पक्राउ गरिएको थियो । पक्राउ परेका ग्रेगुआ मातोका साथबाट बन्दुक, डेटोनेटर तथा १ सय २५ किलो टिएनटी बरामद गरिएको थियो ।

युरोकप २०१६ मा इस्लामिक चरमपन्थीले आक्रमण गर्न सक्ने भन्दै फ्रान्सेली अधिकारीले सुरक्षा सतर्कता उच्च पारेका छन् । फ्रान्सका राष्ट्रपति फ्रान्वाँ ओलान्डले खतरा रहेको तर डराउनुपर्ने अवस्था भने नरहेको बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर