newskoseli.Com

नवलपरासीका सिनेमा घर प्रयोगविहीन

नवलपरासीका सबै चलचित्र (सिनेमा) घर यतिबेला चलचित्र देखाउने भन्दा अन्य काममा प्रयोगमा आएका छन् । बढ्दो सहरीकरणसँगै सञ्चार प्रविधिको उच्चतम विकासले चलचित्र देखाउने कामका लागि ती भवन प्रयोगविहीन भएका हुन् ।

नवलपरासीको सदरमुकाम परासी, सुनवल, बर्दघाट, अरुणखोला, गैडकोट, रजहरलगायत जिल्लामा रहेका सबै चलचित्र घर अर्कै प्रयोजनमा लगाई यसबाट घरधनीले झिनो आम्दानी प्राप्त गरेका छन् ।

जिल्लामा रहेका करिब एक दर्जन यस्ता सिनेमा हल चलचित्र प्रदर्शन गर्ने भवन यतिबेला पूर्णरुपमा सिनेमा देखाउने काम बन्द भएका छन् । यस्ता भवन कुनै गोदाम, कुनै पार्टी प्यालेस , राइस मिल, कुनै खेलका कवर्डहलको रुपमा प्रयोगमा आएका हुन् ।

घरघरमा इन्टरनेटको पहुँच र यसबाट तत्कालै आफूले चाहेको मनोरञ्जनको साधन प्राप्त हुने भए पछि पनि चलचित्र घर गोदाममा प्रयोग हुन थालेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर