newskoseli.Com

जनक उमावि भकुण्डेबेसी काभ्रेमा ‘हाम्रो पुस्तकालय’ को स्थापना

पराेपकार प्राथमिक  उपचार केन्द्र धुलिखेल, काभ्रेकाे प्राविधिक  तथा स्वदेश तथा बिदेशमा रहेका मनकारि नेपालीहरुको आर्थिक सहयोगमा काभ्रे जिल्लाको  दाप्चा–काशीखण्ड नगरपालिका–६, मेथिनकाेट,  भकुण्डेबेसिस्थित श्री जनक उमावि मा बिद्यालय पुस्तकालय ‘हाम्रो पुस्तकालय’ काे स्थापना गरिएकाे छ ।

पुस्तकालयबाट बन्चित बालबालिकाहरुका लागि  निर्मित उक्त पुस्तकालयको हिजाे उद्घाटन गरिएकाे हाे ।जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र पत्रकार तथा सामाजिक अभियन्ता रवीन्द्र मिश्रले सो पुस्तकालयको उद्घाटन गरेका हुन् । सो विद्यालयमा पुस्तकालयका साथै विभिन्न भर्चुअल कक्षाकोठासमेत निर्माण गरिएका छन् ।

2

इजरायलमा रहेका नवराज आचार्य, समाजसेवी बिकु लामालगायतको रु पाँच लाखभन्दा बढी सहयोगमा सो पुस्तकालय बनेको हो ।शिक्षा अधिकारी पौडेलले सहयोगी हातका कारण जनक उमावि नमुना विद्यालय बन्न सकेको बताउँदै शिक्षकलाई कक्षाकोठामा पढाउने काममा केन्द्रित हुन आग्रह गरे ।

पत्रकार मिश्रले विद्यार्थीलाई ठूलोभन्दा पनि असल मान्छे बन्ने प्रयास गर्न आग्रह गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहालले विद्यालयमा सुधारका लागि अभिभावकले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक ज्ञानु अधिकारी, साहित्यकार छविरमण सिलवाल, पत्रकार सोमराज पोखरेल लगायतले पुस्तकालयका लागि आफ्ना पुस्तकहरु विद्यालयका प्रअ लक्ष्मण यादवलाई हस्तान्तरण गरे ।

प्रअ लक्ष्मण यादवले पुस्तकालय स्थापना अभियानमा  अनवरत लागी पर्ने हाल इजरायल निवासी सामाजिक अभियन्ता श्री नवराज आचार्य तथा बिभिन्न देशमा रहेर  पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गर्ने सबैप्रति अाभार र कृतज्ञता ज्ञापन गरेका थिए ।

4

साथै, हाम्रो पुस्तकालय (Our Library) उद्घाटन समरोहमा उपस्थित प्रमुख अतिथी काभ्रे जिल्लाका जिशिअ श्री नन्दलाल पौडेल,  बिषेश अतिथी लेखक/कवि एबम हेल्प नेपाल नेट्वोर्कका संस्थापक श्री रबिन्द्र मिश्र,  अतिथीहरू वरिष्ट साहित्यकार प्रा.डा. लक्ष्मण गौतम, साहित्यकार प्रधुम्न जोशी, साहित्यकार राजेश खनाल, साहित्यकार यशोदा अधिकारी, कवि छबिरमण सिलवाल, सोमराज पोख्रेल, मधु पाठक, नेत्र तामाङ, अभियानमा साथ दिने कृष्ण ज्ञावाली, भुवन कुँवर, मैना आचार्यज्यु, समाजसेवी डीबि मोक्तान, बिब्यासका अध्यक्ष भरत दाहाल, जनक एलुम्नाईका अध्यक्ष रामहरि खनाल, कुमार खनाल बिधालय परिवार, बिधार्थी, अभिभावक पीपीयुकेका हिरा तामाङ, रमेश पहरी, पत्रकार लगायत सम्पुर्ण उपस्थित व्यक्तिमा धन्यवाद ज्ञापन गर्दै प्रअ यादवले अबका दिनमा पनि सबैकाे साथ र सहयाेगकाे अपेक्षा गरेका थिए ।

कवि, लेखक एवं सामाजिक अभियन्ता बिकु लामा भन्छन्– ‘एक विद्यालय एक पुस्तकालय’ अभियानमा लागिपरेकाे छु । हालसम्म काभ्रेकाे २ सय १९ सामुदयिक विद्यालयहरूमा पुस्तकालय स्थापना भइसकेकाे छ । ‘विद्यार्थीहरूकाे मानसिक विकासका लागि काेर्षका पुस्तक बाहेक अतिरिक्त पुस्तक अध्ययनकाे अावस्यकता भएकाले ‘एक विद्यालय एक पुस्तकालय’ अभियानलार्इ निरन्तरता दिदै जानेछु’ कवि लामाकाे भनार्इ छ ।

‘हामि सैबैकाे अथक मेहनतबाट पुस्तकालयकाे निर्माण र स्थापना गर्न सकिएकाे छ । अाफु अध्ययन गरेकाे विद्यालायमा मेराे पनि संलग्नतामा बालबालिकाहरूका लागि पुस्तकालय स्थापना हुनु विशेषतः मेराे लागि अत्यन्तै गाैरवकाे विषय हाे ।’  विद्यालयका पूर्व विद्यार्थी समेत रहेका कवि छविरमण सिलवालकाे भनार्इ थियाे ।

16

उक्त कार्यक्रममा विद्यालयका छात्रछात्राहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू  प्रस्तुत गरेका थिए ।

कार्यक्रम जिशिअ काभ्रेका नन्दलाल पाैडेलकाे प्रमुख अातित्थ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर दाहालकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

पुस्तकालय उद्घाटन समारोहका केहि तस्बिरहरूः–

तस्बिर स्राेतः कवि बिकु लामाको फेसबुक ।

01

1

2

3

16

4

6

7

8

9

10

12

13

15

16

17

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर