newskoseli.Com

चन्द माओवादीद्वारा एनसेलमाथि हमला : देशभर ६ ठाउँका टावर खरानी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले  मोरङ, धनकुटा, दाङ र सल्यानस्थित एनसेलका टावरहरूमाथि आक्रमण गरेर ध्वस्त बनाइदिएका खबरहरू प्राप्त भएका छन् ।

शुक्रबार राति ३ बजेतिर दाङको लक्ष्मीपुर गाविसस्थित चौघरा र लमही नगरपालिका– ४ स्थित श्रीगाउँमा रहेका एनसेलका २ वटा टावरमा आगजनी गरेको छ । त्यसैगरी शुक्रबार राति ४ बजे धनकुटाको धर्मशालामा अवस्थित टावरमाथि र शनिबार दिउँसो मोरङको याङसिला र सल्यानको जैतपानीमा रहेका एनसेल टावरहरूमाथि माओवादीले आक्रमण गरी ध्वस्त बनाइदिएको खबर छ ।

NCell_tower2त्यसैगरी गोरखामा पनि माओवादीले एनसेलमाथि ‘कारबाही’ गरेर टावर ध्वस्त बनाइदिएको समाचार प्राप्त भएको छ ।

एनसेल सञ्चालक विदेशी कम्पनीले राज्यलार्इ तिर्नुपर्ने कर नतिरेको र अनावश्यक सुविधाको लोभ देखाएर सर्वसाधरणमाथि लुट मच्चाएको आरोप माओवादीले लगाएको छ ।

आफूहरूले जनताकै अनुरोधवमोजिम व्यापक जनताको सहभागिता सहित एनसेलमाथि हमला गरेर टावरहरू ध्वस्त बनाइदिएको माओवादीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर