newskoseli.Com

विद्यार्थी भर्ना अभियान आजदेखि सुरु गरिदै

सरकारले आजदेखि भर्ना अभियान सुरु गर्ने भएको छ । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर आजदेखि भर्ना अभियान सञ्चालन हुन लागेको हो ।

विद्यालय बाहिर रहेका साढे ५ लाख बालबालिका विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।

शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १–८) सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन् ।

५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरू विद्यालय तहमा अध्ययनरत छन् ।

शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालले विद्यालय बाहिर हुने बालवालीकालाई विद्यालयमा ल्याउन हरसम्भव प्रयास गर्ने जानकारी दिएका छन् ।

विभागले ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर भर्ना अभियान सुरु गर्ने योजना बनाएको उनले जानकारी दिए ।

भर्ना अभियानअन्तर्गत वैशाख १४ सम्म बाहिर रहेका विद्यार्थी कक्षामा ल्याउने, उनीहरूलाई टिकाइ राख्ने र सिकाइ उपलब्धिमा सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको शिक्षा विभागले जनाएको छ ।

वैशाख दोस्रो सातादेखि अन्तिसम्म घरदैलो कार्यक्रम पनि गरिने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर