newskoseli.Com

विद्यालय व्यवस्थापन समिति चुनावमा खुकुरी हानाहान,५ जना घाइते

विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको विवादमा खुकुरी हानाहान हुदा ५ जना घाइते भएका छन । पाटादेवल गाविसको पाटादेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा एकतर्फि अध्यक्ष चयन गरेको भन्दै दुइ पटक झडप भएको छ ।

जेठ २८ गते भएको अभिभावक भेलाले तिलक खड्कालाई अध्यक्ष वनाए पछि रुष्ट भएको अध्यक्षका अर्का दावेदार प्रकाश खड्का पक्षले विद्यालयका प्रधानाध्यापक प्रकाश थापाका काका डवल थापा र भतिजा सुरेन्द्र थापालाई कुटपिट गरे । प्रअ थापाले एक पक्षिय रुपमा तिलकलाई अध्यक्ष घोषणा गर्न सहयोग गरेको प्रकाश खड्का पक्षको आरोप छ ।

झगडा भए पछि कुटपिट गर्ने पक्षलाई प्रहरीले पक्राउ गर्यो । २९ गते राती प्रकाश थापा पक्षका केही व्यक्तीले प्रकाश खड्का पक्षका तिन जनालाई धारिलो हतियार प्रहार गरि घाइते वनाएको प्रहरीले जनाएको छ ।

हतियार प्रहारबाट यज्ञराज खड्का, ज्ञानेन्द्र खड्का र दिनेस खड्का घाइते भएका छन । घाइते मध्य यज्ञराज घाँटी कोखा र ज्ञानेन्द्रको घाँटी मा चोट लागेको छ । जिल्ला अस्पतालमा उपचार हुन नसके पछि उनिहरु दुबै जनालाई उपचारका लागी नेपालगंज लैजान लागेको घाईतेका आफन्तले बताएको छ ।

आक्रमण गर्ने पक्षका एकजना सन्तोस खड्का पक्राउ गरिएको छ भने ४ जना फरार रहेको घाइते यज्ञराजका भाई धु्रव खड्काले बताएका छन । जिल्ला प्रहरी कार्यलयले फरारको खोजी गरिरहेको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।

घाइतेहरु हतियार सहित घरमा कुट्न आएका वेला उनिहरुको हतियार खोसेर आफ्नो पक्षका केटाहरुले घाइतेहरुलाई कुटेको विद्यालयका अध्यक्ष तिलक खड्काले बताएका छन । राजनितिक प्रतिशोधका कारण यो घटना भएको गाउँलेको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर