newskoseli.Com

पत्रकारमाथि आक्रमणको महासंघद्वारा भर्त्सना

नेपाल पत्रकार महासंघको सोलुखुम्बु शाखाका सदस्य एवम् हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।

महासङ्घका महासचिव उजिर जारीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ुसमाचारप्रति चित्त नबुझे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका विकल्पलाई छाडेर जिम्मेवार पदमा बसेका व्यक्तिबाट सार्वजनिक स्थानमा पत्रकारमाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।ु समाचारको विषयलाई लिएर पत्रकार निरौलामाथि जेठ २८ गते जिल्ला प्रशासन कार्यालय अगाडि राजभण्डारीले आक्रमण गरेका थिए ।

त्यस्तै साहित्यकार तथा पत्रकार स्नेह सायमीलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि महासङ्घले भर्त्सना गरेको छ । सोही विज्ञप्तिमा भनिएको छ– ुस्वतन्त्र रुपमा समाचार सङ्कलन र सम्प्रेषण गर्न पाउने पत्रकारको संवैधानिक अधिकारलाई कुण्ठित बनाउँदै प्रहरीद्वारा भएको यो दुर्व्यवहारको नेपाल पत्रकार महासङ्घ निन्दा गर्दछ र घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न महासङ्घ सम्बन्धित निकायसँग माग गर्दछ ।ु

स्थानीय ढुङ्गाअड्डा क्षेत्रमा भइरहेको बाटो विस्तारको तस्बिर खिंचेको निहुँमा शनिबार सायमीलाई प्रहरीले तीन घन्टा नियन्त्रणमा लिएको थियो ।

सायमीले भ्रम फैलाएको प्रहरीको जिकिर

महानगरीय प्रहरी परिसर काठमाडौँले साहित्यकार स्नेह सायमीले आफ्नो पक्राउबारे भ्रम फैलाएको जिकिर गरेको छ । परिसरले आइतबार विज्ञप्ति जारी गर्दै बाटो विस्तार गर्ने उपत्यका विकास प्राधिकरणको कार्यक्रमअनुसार मङ्गलबार ढुङ्गेअड्डा क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा सीमाङ्कनका आधारमा पेटी र टहरा भत्काउने क्रममा बाटो विस्तारलाई सायमीले अवरोध पुर्याएको जनाएको छ ।

सायमीले बाटो विस्तारमा पटक पटक अवरोध पुर्याउनुका साथै स्थानीय बासिन्दालाई उक्साउने र बाटो विस्तारमा अवरोध गर्नेजस्ता कार्य गरेको र प्रहरीबाट यस्तो कार्य नगर्न पटक पटक अनुरोध गर्दा तथा सम्झाउँदा बुझाउँदा समेत अटेर गरेको प्रहरीले जनाएको छ ।

बाटो विस्तार जारी राख्न सायमीलाई केही समय नियन्त्रणमा लिई उहाँका छोरालाई जिम्मा लगाइएको परिसरले जनाएको छ । आफूले गरेको गल्तीलाई ढाकछोप गर्ने उद्देश्यले सायमीले सञ्चार माध्यमबाट भ्रामक र तथ्यहीन समाचार प्रवाह गरेको प्रहरीले दावी गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर