newskoseli.Com

कार्यकर्ता रिहार्इ गर्न वैद्य माओवादीको माग

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्ना नेता–कार्यकर्तालाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।

क्रान्तिकारी माओवादीकाे, नेवा राज्य समितिले साेमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेवाः राज्य समिति सदस्य टेकबहादुर बोगटी तथा तत्कालीन एकीकृत नेकपा (माओवादी) का सदस्य मानबहादुर विष्ट र कार्यकर्ता दिलबहादुर खत्रीलाई काठमाडाैं जिल्ला अदालतद्वारा ६ वर्षको जेल सजाय सुनाएर अन्याय गरेको भन्दै रिहाइको माग गरेको हो ।

आर्थिक लेनदेनमा विवाद भएपछि सुरु भएको घटनामा अपहरणको झुठा मुद्दा लगाई फसाइएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर