
एसएलसी परीक्षामा समग्रमा डी प्लस ल्याउने विद्यार्थीलाई मात्र कक्षा ११ मा भर्ना हुन दिने प्रस्ताव उच्च माध्यामिक शिक्षा परिषदले गरेको छ । कक्षा ११ र १२ को पढाइको व्यवस्थापन गर्दै आएको परिषदले शिक्षा मन्त्रालयसमक्ष यस्तो प्रस्ताव गरेको हो। परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको सबै नजिता ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने भएपछि परिषदले करिब एक महिनाको अध्ययनपछि ११ मा भर्ना हुन पाउने विद्यार्थीका बारेमा सोमबार आफ्नो राय बुझाएको हो।
परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने,‘हाम्रो रायसहितको प्रतिवेदन सोमबार मन्त्रालयमा बुझाएका छौं। छिट्टै निर्णय होला।’११ कक्षामा विज्ञान विषय पढ्न अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा सी प्लस ल्याउनैपर्ने प्रस्ताव परिषदले गरेको छ। अन्य विषय पढ्नका लागि भने न्यूनतम डी प्लस ल्याउनु पर्नेछ ।
कक्षा ११ पढ्न चाहनेकाे डी प्लस नअाएमा पुनः एसएलसी परिक्षा दिएर डी प्लस ल्याउनु पर्नेछ ।