newskoseli.Com

यार्सा टिप्ने पाटनमा गोली चल्यो, १ को मृत्यु

मुगुमा यार्सागुम्वा पाइने पाटनमा गोली चल्दा १ को मुत्यु भएको छ । घटनास्थल सदरमुकाम गमगढीबाट ३ दिन टाढा रहेको छ ।

गयराति १२ बजेतिर १५-२० जनाको समुहमा आएका अज्ञात बन्दुकधारीले यार्सा सङ्कलकहरु बसेको पालमा अन्धाधुन्द गोली चलाउदा मुगुको माग्री ५ निबासी कार्मा नम्ग्यालको घटना स्थलमा मृत्यु भएको हो ।

अहिले सम्म घटनाका बारेमा कसैले जिम्मेवारी लिएको छैन । घटानाबारे जानकारी लिन गमगढीबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा प्रहरी टोली त्यसतर्फ लागेको छ ।

यार्सा पाटनमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली खटाएको भए पनि गोली चलेको जिल्ला प्रहरी कार्यालय मुगुले जानाएको छ ।

प्रहरी प्रमुख सोम थापाका आनुसार घटनाबारे  थप जानकारी आएको छैन । यो बर्ष मुगुमा ८ हजार भन्दा बढी यार्सा संकलनमा सहभागी रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर