newskoseli.Com

एसएलसीको रिजल्ट आयो, यस्तो छ नतिजा

एसएलसी २०७२ को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार अपरान्ह नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणालीमार्फत सार्वजनिक नतिजामा कोही फेल भएका छैनन् । एसएलसी सुरुआतको ८२ वर्षपछि पहिलोपल्ट कोही पनि फेल नहुनेगरी नतिजा सार्वजनिक भएको हो ।

परीक्षामा ५ लाख ८८ हजार १ सय ५२ सहभागी

नियमिततर्फः ४ लाख ३७ हजार ३ सय २६
एकजाम्टेडतर्फः १ लाख ५० हजार ८ सय २६

यस्तो छ नतिजा

३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५

३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७

२.८ देखि ३.२ जीपीए ल्याउने ४८  हजार ६  सय ११

२.४ देखि २.८ जीपीए ल्याउने ६३  हजार १ सय ८१

२.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६

१.६ देखि २.० जीपीए ल्याउने १ लाख   ४  हजार २ सय ७८

१.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३

०.८ देखि १.२ ल्याउने ८ हजार

०.० देखि ०.८ ल्याउने ११

रेगुलरतर्फ

उमेर नपुगेका १६

सैद्धान्तिक परीक्षामा अनुपस्थित १ हराज ७ सय ३३

प्रयोगात्मक परीक्षामा अनुपस्थित १ हजार ८ सय

क्यान्सिल १ सय ८८

ड्रपआउट ६ हजार ८ सय ७८

निश्काशित १ जना

एक्जामटेडतर्फ

३.६ देखि ४ जीपीए ल्याउने ४

३.२ देखि ३.६ जीपीए ल्याउने ८

२.८ देखि ३.२ जीपीए ल्याउने ९४

२.४ देखि २.८ जीपीए ल्याउने २ हजार ९ सय ४३

२.० देखि २.४ जीपीए ल्याउन ३९ हजार ७ सय ८०

१.६ देखि २.० जीपीए ल्याउने ७५ हजार ३ सय ४०

१.२ देखि १.६ जीपीए ल्याउने ३७ हजार ९ सय ३९

०.८ देखि १.२ ल्याउने २ हजार ४ सय ५२

०.० देखि ०.८ ल्याउने २

उमेर नपुगेका २७ जना

सैद्धान्तिक परीक्षामा अनुपस्थित १ सय ८१

प्रयोगात्मक परीक्षामा अनुपस्थित ९ सय ५२

क्यान्सिल १ सय ९५

ड्रपआउट ८ हजार ६ सय ७५

निश्काशित २

परीक्षा नियन्त्रण कार्यालयले नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरेको छ । ९० देखि १०० प्रतिशत ल्याउनेलार्इ ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ल्याउनेलार्इ ‘ए’, ७० देखि ८० प्रतिशत ल्याउनेलार्इ ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ल्याउनेलार्इ ‘बी’, ५० देखि ६० प्रतिशत ल्याउनेलार्इ ‘सी प्लस’,४० देखि ५० प्रतिशत ल्याउनेलार्इ ‘सी’, ३० देखि ४० प्रतिशत ल्याउनेलार्इ ‘डी’ प्लस, २० देखि ३० प्रतिशत ल्याउनेलार्इ ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर