newskoseli.Com

अधिकारकर्मी, पत्रकार र वकिलविरूद्ध ‘फुजेलकाण्डपीडित’ को उजुरी

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा जिल्ला अदालत चितवनमा तारिखमा रहेका पर्शुराम पौडेलसहितका आरोपीले बिहीबार अधिकारीकी आमा, दाजुसहित पत्रकार, अधिकारकर्मीदेखि वकिलसम्म गरी १० जनाविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

उजुरी अधिकारकर्मी कनकमणि दीक्षित र सुबोधराज प्याकुरेल, पत्रकार घनश्याम खड्का, प्रहरी नायब उपरीक्षक सञ्जय राउत, अधिवक्ता दिनेश त्रिपाठी, रुपा रेग्मी, बिन्दा दाहाल, लोकमान दाहाल तथा कृष्णप्रसादकी आमा गङ्गामाया र दाजु नुरप्रसाद अधिकारीविरुद्ध दर्ता गरिएको हो ।

तत्कालीन विद्रोहीले गरेको कारबाहीसँग निर्दोष आफूहरुलाई जोडेर निहित स्वार्थपूर्तिका लागि मानवअधिकारको हनन गरेको भन्दै आफूहरूले उजुरी दिएको पौडेलले बताए ।

गोरखा फुजेलका अधिकारीको रत्ननगरमा हजुरबुबा भेट्न आएका बेला तत्कालीन माओवादीले हत्या गरेको  चर्चा छ, सो मुद्दाको अझै छिनोफानो भएको छैन । पौडेलसहित १३ जनाविरुद्ध दाजु नुरप्रसादले किटानी जाहेरी दिएपछि उनीहरु तारिखमा छन् ।

यसैबीच हालसम्म स्थानीय शान्ति समिति चितवनमा सत्यनिरुपण तथा मेलमिलाप आयोगका लागि ७ सय ११ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ४२ वटा उजुरी परेको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर