newskoseli.Com

सबै दृष्टिविहीन एसएलसी उत्तीर्ण

रुपन्देहीबाट एसएलसी दिएका सबै दृष्टिविहीन विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन् ।

रुपन्देहीको शान्ति नमुना उच्च माविका गणेश थापा र मोहन कुमाल ‘ए’ श्रेणीमा उत्तीर्ण भएका छन् भने राजेश जोगी थारू र राजु मल्लाहले ‘बी’ प्लसमा उत्तीर्ण भएको विद्यालयका विभागीय शिक्षक कृष्ण केसीले जानकारी दिए  । यो विद्यालयका २ सय ३० विद्यार्थीमध्ये २६ जनाले ‘ए’ प्लस र ५४ जनाले ‘ए’ ल्याएका छन् ।

यस्तै, विभिन्न कारणले बीचमै पढाइ छाडेर बसेका महिलालाई मात्रै पढ्ने बुटवलको साधना महिला विद्यालयबाट एसएलसी परीक्षा दिएका सबै आमा उत्तीर्ण भएका छन् । आमा ९  जनामध्ये १ जनाले ‘ए’ ल्याका छन् ।

यस्तै, ३ जनाले ‘बी’ र ५ जनाले ‘सी’ ल्याएको विद्यालयका अध्यक्ष सावित्रा अर्यालले बताए  । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको भनाइमा विगत वर्षमा अङ्क र प्रतिशतको जोडघटाउमा लागेका विद्यालय सञ्चालक र अभिभावक यो वर्ष केही अलमलिएको बताए  । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर