newskoseli.Com

मैले कैसैविरुद्ध उजुरी हालेको छैन : देउवा

आफूले कसैविरुद्व पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी नदिएको कांग्रेस सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको चर्चा चलिरहेका बेला सभापति देउवाले कसैका नाममा आफूले उजुरी नदिने भन्दै बरु आफूविरुद्व माओवादीले किटान गरेर उजुरी दिएको भन्दै दुःखेसो पोखे ।

नेपालगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा तदारुकता नदेखाएको तथा संविधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै संविधान कार्यान्वयनको नेतृत्व कांगे्रसले मात्र लिन सक्ने दाबी गरे ।

संविधान कार्यान्वयनको साटो एमाले, माओवादीले झुटा आश्वासन र उखानटुक्का मात्र दिएको आरोप लगाउँदै देउवाले हुनै नसक्ने स्थानीय निकायको चुनाव घोषणा गरेर सरकारले थप अन्योल सिर्जना गरेको बताए ।

कांग्रेसका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाए ।

उनले सत्ताका लागि नभएर संविधान कार्यान्वयन र राष्ट्रिय हितका लागि राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिए । अर्का नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्वविना लोकतन्त्र संस्थागत नहुने भएकाले दलहरुबीच सहमति आवश्यक भएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर