newskoseli.Com

बागलुङ २८ औँ साक्षर जिल्ला घोषणा

;fIf/ afun’ª 3f]if0ff ;df/f]xdf ;xefuL lzIffdGqL lul//fhd0fL kf]v/]n nufPtsf JolQmx? . tl:a/ M /fdaxfb’/ yfkf, /f;;, afun’ª

 बागलुङ साक्षर जिल्लाको रुपमा घोषणा भएको छ ।

जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसङ्ख्याको ९७ दशमलव ५७ प्रतिशत साक्षर बनेपछि साक्षर घोषणा गरिएको हो । घोषणासँगै देशभर साक्षर घोषणा हुने जिल्लाको सङ्ख्या २८ पुगेको छ ।
शुक्रबार आयोजित घोषणा समारोहमा उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, जिल्लाका सांसद, शिक्षा मन्त्रालयका पदाधिकारी र राजनीतिक दललगायतले साक्षर जिल्ला घोषणा अभियानको निरन्तरताका लागि प्रतिबद्धता जनाएका थिए ।

साक्षरसँगै बागलुङ निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता भएको जिल्लाको रुपमा समेत घोषणा भएको छ । विद्यालय उमेरका ९९ दशमलव ६९ प्रतिशत बालबालिका विद्यालय भर्ना भएपछि सो घोषणा गरिएको हो । जिल्ला शिक्षा कार्यालयको प्रतिवेदनअनुसार अब जिल्लाको निरक्षर जनसङ्ख्या २ दशमलव ४३ प्रतिशत मात्र रहेको छ । त्यस्तै शून्य दशमलव ३१ प्रतिशत बालबालिका मात्र विद्यालय बाहिर रहेका छन् ।

घोषणासभामा बोल्दै उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले साक्षर घोषणा मुलुकको परिवर्तन र समृद्धिको सूचक रहेको बताए ।

उहाँले बागलुङ जिल्लासँगै समग्र मुलुकको गौरवको घटनाको रुपमा साक्षर घोषणालाई लिनुपर्ने उल्लेख गरे । “ठूलो मेहनत र प्रयासपछि बागलुङ साक्षर घोषणा भएको छ, यसलाई अब निरन्तरता दिनुपर्छ, बाँकी रहेका निरक्षरलाई पनि साक्षर बनाउनुपर्छ” – उपप्रधानमन्त्री केसीले भने ।

सो अवसरमा बोल्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आगामी वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने गरी तयारी थालिएको बताए ।

मन्त्री पाेखरेलले देशका ५३ जिल्लाले साक्षरता घोषणाका लागि मापदण्ड पूरा गरिसकेको जानकारी दिए । “५३ जिल्लामा साक्षरताको दर ९५ प्रतिशतभन्दा माथि पुगेको छ, घोषणा गर्ने तयारीमा छन्,” मन्त्री पोखरेलले भने – “एक वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारको छ ।” मन्त्री पाेखरेलले स्वाधीन र समृद्ध नेपालका लागि शिक्षा अपरिहार्य रहेकाले सबै नेपालीलाई साक्षर मात्र नभई शिक्षित बनाउनुपर्ने जाेड दिए ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले सामूहिक प्रयास र पहलमा ‘साक्षर बागलुङ’को लक्ष्य पूरा भएको र बाँकी रहेका निरक्षरलाई एक वर्षभित्र साक्षर बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । ‘साक्षर बागलुङ’ बनाउन आव २०६९÷७० देखि साक्षरताका सघन कार्यक्रम सञ्चालन गरिएको थियो

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर