newskoseli.Com

ठग्ने मेनपावर हाम्रो निगरानीमा : श्रममन्त्री

श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए ।

रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदेशिक रोजगारमा जाने कामदारको फारम र १० हजार रूपैयाँ भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिए ।

उनले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताए । उनले वैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई १० लाख रूपैयाँ र अपाङ्ग भएका व्यक्तिलाई ५ लाख रूपैयाँ सरकारले दिने र उक्त रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउने मन्त्री बोहोराकाे भनाइ छ ।

उनले भने– ‘मन्त्रालयले नयाँ ६ वटा देशसँग वैदेशिक रोजगारका लागि श्रम सम्झौता गर्नेे तयारी गरेको छ ।’ मन्त्रालयका सहसचिव गोविन्द भुर्तेलले नेपालको अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिने वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन ऐन र निर्देशिका संशोधन गरेर कार्यान्वयन हुने चरणमा रहेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न स्वदेशमै उद्योग धन्दाको विकास हुनु जरुरी रहेको बताए । गोष्ठीमा १८ जिल्लाका प्रतिनिधि सहभागी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर