newskoseli.Com

गुणस्तर नपाएर होइन, रोजगारीको अभावमा विद्यार्थी विदेशिन्छन्

भर्खरै एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएकाे छ । यतिबेला एसएलसी उत्तीर्ण विद्यार्थी र अभिभावकको ध्यान कक्षा ११ को भर्ना लिने उच्च मावितिर केन्द्रित भएको छ । यसै सेरोफेरोमा न्युजकोसेली डटकम सम्पादक मण्डलका उपेन्द्र खड्काले राजधानीको तीनकुने गैरीगाउँस्थित नासा इन्टरनेशनल कलेजका व्यवस्थापन–निर्देशक दशरथ श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेका छन् ।

उच्च माविमा शैक्षिक गुणस्तरबारे सर्वत्र प्रश्न उठ्ने गरेको छ, तपाईंहरुको कजेलले गुणस्तरीयताका निम्ति के—कस्ता नीति तथा व्यवहार अवलम्बन गरेको छ ?

गुणस्तरीय शिक्षाको स्रोत नै योग्य शिक्षक भएकाले हामीले त्यसैमा जोड दिएका छौं । त्यसैले हाम्रो कलेजमा दक्ष शिक्षकहरु छन् । त्यसका अलावा विद्यार्थीहरुको व्यवस्थापकीय दक्षता अभिवृद्धिका लागि हामीले बेला—बेलामा आन्तरिक परीक्षा लिने, प्रयोगशालामा अभ्यास गराउने, भ्रमण गराउने तथा व्यावहारिक ज्ञान दिनेजस्ता क्रियाकलापमा जोड दिँदै सोहीअनुरुप व्यवहार गर्दै आएका छौं ।

नासा कलेजमा अध्ययनका लागि प्रायः कुन क्षेत्र, वर्ग र समूहका विद्यार्थीहरु आउने गरेका छन् ?

हाम्रो कलेजमा अध्ययनका लागि प्रायजसो तराई क्षेत्रका विद्यार्थीहरु आउने गरेका छन् । यद्यपि हामीकहाँ पचहत्तरै जिल्लाका विद्यार्थीहरु आउँछन् । जहाँसम्म वर्ग–समूहका विद्यार्थीहरुको बारेमा प्रश्न राख्नु भयो, नासा कलेजले मध्यमवर्गीय परिवारका विद्यार्थीहरुलाई लक्ष्यित गरेको भए तापनि यस कलेजमा सबै वर्ग–समूहका विद्यार्थीहरुले अध्ययनको अवसर पाउँछन् र पाउँदै आएका छन् । यस कलेजमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ । शुल्क पनि न्यून भएकाले नासा कलेज एसएलसी पछि विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।

यहाँ गुणस्तरीय शिक्षाको व्यवस्था छैन भनेर पढ्नकै निम्ति विदेशिनेहरुको लर्को लाग्ने गरेको छ, पढ्न विदेशिने विद्यार्थीहरुलाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ?

नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था छ । गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरु विदेशिनु पर्दैन । पढ्नभन्दा पनि शिक्षा आर्जनपछाडि अवसरको कमी भएकाले चाहिँ विद्यार्थीहरु विदेशिएका हुन् । उच्च शिक्षा सकिनासाथ नेपालमै रोजगारीको सुनिश्चितता सरकारले गर्न सक्ने हो भने वैदेशिक शिक्षातर्फ जाने विद्यार्थीको संख्या स्वाट्टै घट्छ ।

रोजगारीको प्रत्याभूति हुँदा पढ्न विदेश जानेको संख्या घट्छ भन्नुभो, सरकारले शिक्षित बेरोजगारीको समस्या समाधान गर्न के–के गर्नुपर्छ त ?

सरकारले शिक्षामा लगानी गरेअनुसार प्रतिफल शून्य भयो । वैज्ञानिक शिक्षा प्रणालीमा जोड दिनुपर्यो । सञ्चार—प्रविधिमा पनि ध्यान दिनुपर्यो । त्यसैगरी सरकारले वैदेशिक समन्वय तथा कूटनीतिक सम्बन्धलाई पनि बिस्तार गर्नुपर्छ ।

अन्त्यमा, न्युजकोसेलीमार्फत थप केही सन्देश दिन चाहनुहुन्छ ?

हाम्रा विद्यार्थीहरुलाई हामीले सन्तुष्ट पारेका छौं । बिदा कम दिन्छौं, हाम्रो कलेजमा निरन्तर पढाइ हुन्छ । हामी विद्यार्थी तथा अभिभवकको लगानी खेर जान दिँदैनौं, यो कुरामा विश्वस्त रहनुहुन सबैमा अनुरोध गर्दछौं । हाम्रा विचार सार्वजनिक गर्न सहयोग गरेकोमा न्युजकोसेली मिडिया र तपाईंलाई धन्यवाद ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर