newskoseli.Com

साँच्चिकै संघर्ष अब सुरु हुन्छ : महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले अब ‘साँच्चिकै संघर्ष सुरु हुने’ बताएका छन् । दसवर्षे जनयुद्धले ल्याएको परिवर्तनलाई पुष्पकलम र बाबुरामले ‘बेचेर सिध्याए’ पनि आफूहरुले निणार्यक संघर्षमार्फत जनताको शासन ल्याइछाड्ने दावी चन्दले गरेका छन् ।

चन्द माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार संगठन नेपालको शनिबार पोखरामा भएको तेस्रो पूर्ण बैठकमा क्रान्तिकारी पत्रकारको अबको भूमिकाबारे आफ्नो धारणा राख्दै महासचिव चन्दले भने– `साँच्चिकै संघर्ष त अब सुरु हुन्छ ।´

Patrakar_Meeting2संगठनका अध्यक्ष प्रभात चलाउनेको अध्यक्षतामा भएको बैठकमा फ्र्याक्सन इन्चार्ज एवं चन्द माओवादीका केन्द्रीय सदस्य मोहन कार्कीले क्रान्तिकारी पत्रकारहरुले जनसंघर्षमा खेल्नुपर्ने भूमिका र कार्यभारबारे प्रशिक्षण दिए ।

बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने तथा पेशागत हकअधिकारका लागि संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले उपत्यका संयोजकमा जन्मदेव जैसी र सेती(महाकाली संयोजकमा उन्नति चौधरीलाई जिम्मेवारी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर