newskoseli.Com

‘विनविन सिच्युएसन’ मा संसद् नियमावली पारित

नयाँ संविधान जारी भएपछि रुपान्तररित सदनले नौ महिनापछि अाइतबार संसद् नियमावली पारित गरेको छ । व्यवस्थापिका–संसद् भवनमा अाइतबार सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम–कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।

त्यसैगरी संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहान सभामुखको कक्षमा बस्ने भएको छ । “मैले समितिको पहिलो बैठक भोलि (सोमबार) बिहान ८ बजे मेरो चेम्बरमा बोलाएकी छु, यसपछि समितिले आफ्नाे कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ” सभामुख ओनसरी घर्तीले भनिन् ।

नियमावली पारित गर्नाका लागि राजनीतिक दलले प्रदर्शन गरेकाे जिम्मेवारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दलका बीचमा यस्तै सहकार्य जारी रहने विश्वास उनले व्यक्त गरिन् ।

संसद् नियमावलीमा विशेषगरी सुनवाइ समितिमा कति सदस्य रहने भन्ने विषयमा दलबीच मुख्य विवाद थियो । सत्तारुढ दल १५ र प्रमुख प्रतिपक्षी दल ७५ सदस्यीय हुनुपर्ने अडानमा रहे पनि दलबीच १५ सदस्यीय समिति बनाउने सहमति भएको थियो ।

अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो ।

बैठकपछि सत्तारुढ र प्रतिपक्षी दलका सांसद ‘विनविन भो है भन्दै’ बैठक कक्षबाट बाहिरिएका थिए । नियमावली पारित गराउँदा पहिलो पटक सत्तापक्ष र प्रतिपक्षी दुवैतर्फका सांसद अन्योलमा थिए । उनीहरु ‘हुन्छ’ भन्ने समयमा ‘हुँदैन’ र ‘हुँदैन’ भन्ने समयमा ‘हुन्छ’ भन्न पुगेका थिए । यसपछि सभामुखले बैठक आधा घन्टाका लागि स्थगन गरेकी थिइन् ।

पत्रकार सम्मेलनमा सभामुख घर्तीले भनिन्– “म नै अलमलमा परेँ, सांसदलाई दलमार्फत सूचना प्रवाह गर्नमा कमी देखियो ।” नियमावलीका विषयमा दलबीच अाइतबार बिहान सहमति भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर