newskoseli.Com

कारबाहीमा परे रिक्साचालकलाई लात्तीले हिर्काउने ट्राफिक प्रहरी

अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । ट्राफिक प्रहरी जवानले एक रिक्साचालकलाई लात्तीले हिर्काउँदै गरेको फोटोले सबैको ध्यान खिँचेको छ । विराटनगरको जलजला चोकमा रिक्साचालक कुट्ने ट्राफिक जवान हर्कतलार्इ देखाइरहेको उक्त तस्बिरले ।

हो, उनै ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । रिक्साचालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले उनीमाथि कारबाही प्रक्रिया थालेको  हो।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी पवनकुमार गिरीले रिक्साचालकलाई कुटपिट गर्नु गलत भएको बताउँदै चालक कुट्नेमाथि कारबाही प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन् । चालक कुटपिट गर्ने ट्राफिक प्रहरी जवानलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी गिरीले दिए । उनले मातहतका सबै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न सर्कुलर पनि पठाइसकिएको बताए।

ट्राफिक प्रहरीका तर्फबाट सामाजिक सञ्जालमार्फत पनि घटनाबारे धारणा सार्वजनिक गर्ने गिरीले बताए । चालक कुट्ने प्रहरीलाई प्रहरी ऐनअनुसार कारबाही गरिने ट्राफिक कार्यालय मोरङका प्रमुख धनप्रसाद सिवाकोटीले बताएका छन् ।

उक्त घटना जाम हटाउने क्रममा भएको हो । विराटनगरको जलजला चोकस्थित एकतर्फी सडकमा चालकले रिक्सा पार्किङ गरेको देखेर रिक्सा हटाउन नजिकैका ट्राफिक प्रहरीले सिठ्ठी बजाए । सिठ्ठी बजाउँदा रिक्साचालकले रिक्सा हटाएनन् । रिक्साको हावा खोल्न पुगेका ट्राफिक प्रहरीलाई देखेपछि चालकले मिचेर रिक्सा अगाडि बढाउँदा प्रहरीको हातमा चोट लाग्यो । चालकले चोट लाग्नेगरी रिक्सा अगाडि बढाएपछि रिसाएका ट्राफिक प्रहरीले चालकलाई व्यस्त चोकमै लात्तीले हिर्काएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर