newskoseli.Com

सञ्चारमन्त्री भन्छन्– संविधान पुनर्लेखन हुँदैन

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको संविधान पुनर्लेखनको सर्त कुनै हालतमा सम्भव नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल झापाले पूर्वसांसद द्रोणाचार्य क्षेत्रीका स्मृतिमा स्थापना गरेको ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा उनले मोर्चाले राखेका ७ बुँदामध्ये एउटा बुँदाले उनीहरूको नियतमा अझै पनि खोट रहेको प्रस्ट देखिएको बताए ।

मन्त्री राईले भने– “संविधानको पुनर्लेखन सम्भव छैन, यो माग गम्भीर र खतरनाक छ, संविधानसभा विघटन भइसकेको अवस्थामा यो अधिकार कसैलाई छैन, मधेसीको यस्ताे चाहना समाधानभन्दा बखेडा निकाल्ने मात्र हो ।”

मोर्चाको नियत ठीक भए सरकार हदैसम्म लचक हुने बताउँदै उनले अहिलेसम्म सरकारका कारण नभई मधेसी मोर्चाकै कारण वार्ता हुन नसकेको आरोप लगाए ।

उनले भने– “सहमतिको नाममा संविधान कार्यान्वयन र निर्वाचन नगर्ने भन्ने कुरा हुँदैन, यो संविधानले निर्दिष्ट गरेको जिम्मेवारी हो, यो छलफल गरेर सहमति कार्यान्वयन गर्ने विषय होइन ।”

सरकारका प्रवक्ता राईले मन्त्रिपरिषद्ले पारित गरेर व्यवस्थापिका–संसद्मा पेस गरिसकेको संविधान कार्यान्वयनको कार्यतालिका सहितको कार्ययोजना प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पहिलादेखि नै भनेअनुसार नै ल्याइएकाले त्यसमा कसैको पनि विमति हुन नसक्ने जिकिर गर्नुभयो ।

कार्यव्रmममा ‘द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार’बाट पत्रकार रघु मैनालीलाई सम्मान गरियो । पुरस्कारको राशि रु १५ हजार र साथमा सम्मानपत्र छ ।

त्यसैगरी ‘राइजिङ स्टार पत्रकारिता पुरस्कार’बाट पाँच पत्रकारलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु तीन हजार ३३३ छ । पुरस्कृत हुनेमा ‘कोचिला न्युज डटकम’का आत्माराम राजवंशी, ‘आँगन एफएम’का दीपेन लावती, ‘सिमाना एफएम’का अशोक अधिकारी, ‘हिमशिखर टेलिभिजन’का लक्ष्मी नेपाल र ‘साझा मञ्च डटकम’का सुनिरा मैनाली हुनुहुन्छ ।

कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेत र जिल्ला अध्यक्ष मुक्ति पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर