newskoseli.Com

काबुलबाट शव ल्याइँदै

अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज बुधवार बिहान साँढे ३ बजे अफगानिस्तानको काबुल प्रस्थान गरी साढे ६ बजे काबुल पुगेको छ ।  शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा बसेके परराष्ट्र स्तरीय बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत नेपाल ल्याउने निर्णय भएके थियो । बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सहभागी थिए ।

घर फर्कन चाहने अरुलाईपनि ल्याइने

मृतक र घाइतेलाई लिन बुधबार सबेरै काबुल प्रस्थान गरेको जहाजमा नेपाल फर्कन चाहने नेपालीहरुलाई पनि ल्याउने निर्णय भएके छ ।

घर फर्कन चाहने नेपालीले पाकिस्तानस्थित नेपाली दूतावास अथवा पाकिस्तानबाट काबुल पुगेका कार्यबाहक राजदूतसँग सम्पर्क गर्न सक्नेछन् ।  पहिलो प्राथमिकता मृतकको शव र घाइते हुन्, त्यसपछि घर फर्कन चाहने नेपालीलाई पनि त्यही जहाजमा ल्याइनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर