newskoseli.Com

द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिबन्ध

हाल द्वन्द्वग्रस्त चार मुलुकमा सरकारले नेपाली कामदार पठाउन प्रतिबन्ध लागेको छ । मन्त्रिपरिषद्ले अफगानिस्तान, इराक, सिरिया र लिबियामा कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बालुवाटारमा बिहीबार सााझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि द्वन्द्वग्रस्त चार देशमा नेपाली कामदार पठाउन श्रम स्वीकृति रोक्का गर्ने निर्णय गरेको छ । आतंककारी समूहको निशानामा निर्दोष नेपाली पर्ने गरेकाले त्यस्ता देशमा जान प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

द्वन्द्वगस्त देशबाट फर्कन चाहनेलाई सरकारले ल्याउने

अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले नि:शुल्क नेपाल ल्याउने भएको छ । ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर