अमेरिकाको दक्षिण राज्य टेक्सासको मध्य क्षेत्रमा हट एयर बेलुनमा आगलागी हुँदा कम्तिमा शनिबार १६ जनाको मृत्यु भएको छ ।
उडिरहेको बेलुनलाई आगोले समातेपछि आगोको ज्वालाले बेलुनको सबैभाग जलेको अवस्थामा आकाशबाट खसिरहेको आफूले देखेको एक प्रत्यक्षदर्शी महिलाले बताइन् ।
हट एयर बेलुनमा यस किसिमको दुर्घटना अमेरिकी इतिहासमा नै ठूलो दुर्घटना भनी अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले बताएको छ ।
स्थानीय समयअनुसार शनिबार बिहान ७ः४० बजे भएको बेलुन दुर्घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा मृत्यु भएका मानिसको परिचय खुलाएको छैन ।
एफएए र एनटीएसबी अधिकारीले दुर्घटना प्राविधिक कारणबाट हुन पुगेको वा चालकको कमजोरीका कारण भएको भन्ने विषयमा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । अमेरिकामा हट एयर बेलुनको सञ्चालन सन् १९६४ देखि सुरु भएको र अहिलेसम्म ६९ वटा दुर्घटना भएको यहाँका अधिकारीले बताएका छन् ।
शनिबारको दुर्घटनामा १६ जनासहित अहिलेसम्मका सम्पूर्ण दुर्घटनामा १सय १६ जनाको मृत्यु भएको छ ।