उत्तरी थाइल्यान्डमा एक हेलिकप्टर दुर्घटनामा थाइ सैनिक कमान्डरसहित पाँच जना सैन्य कर्मचारीकोे मृत्यु भएको थाइल्यान्डको सेनाले सोमबार पुष्टि गरेको छ ।
उक्त हेलिकोप्टर आइतबारदेखि खराब मौसमका कारण विमानस्थलबाट सम्पर्क बाहिर गएको थियो । यूएच–७२ नामको हेलिकप्टर थाइल्यान्डको उत्तरी क्षेत्रको पाइ जिल्लाबाट बैंकक फर्किने क्रममा दुर्घटनाग्रस्त भएको थाइल्यान्डको सेनाका प्रवक्ता बुनथाई सवारीले बताए ।
थाइल्यान्डको उत्तरपश्चिम इलाकामा हालैको वर्षापछि आएको बाढी तथा डुबानमा परेका नागरिकलाई खाद्यान्न सहयोगका लागि पठाइएको थियो । थाई सेनाका मेजर जनरल तथा चौँथो इन्फान्ट्री डिभिजनका कमान्डर नुपन रौनचन दुई सैनिक विमान चालक तथा दुई जना प्राविधिकको उक्त घटनामा मृत्यु भएको बताइएको छ ।