newskoseli.Com

फेब्रुअरीभरिमा ३ सय ८५ को मृत्यु

इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरीभरिमा इराकमा ३ सय ८५ नागरिकको मृत्यु भएको जानकारी दिएको छ । मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फेब्रुअरीमा ६ सय ९ जना घाइते भएका छन् ।

विद्राेहीहरूका विविध हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुरक्षाकर्मीको सङ्ख्या भने जोडिएको छैन । मिसनले यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु भएका सुरक्षाकर्मीको सङ्ख्या पुष्टि भएको थिएन ।

फेब्रुअरीको तथ्याङ्कमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरुको सङ्ख्या पनि समावेश गरिएको मिसनले जनाएको छ । इराकका लागि राष्ट्रसङ्घीय दूत तथा मिसनका प्रमुख जान कुबिजले आमनागरिकलाई लक्षित गरेर हिंसात्मक घटना गराउन इस्लामिक स्टेट (आईएस) का लडाकु दोषी रहेको बताए ।

सरकारी सेनाले भने आतङ्ककारीबाट आम नागरिकको हत्या नियन्त्रण गर्न प्रयास गर्दा आफ्नो व्यवसायिकताको सम्मान गरेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर