newskoseli.Com

ट्रम्पका ट्विटको ओबामाका प्रवक्ताले गरे खण्डन

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई लगाएका आरोप पूरै गलत भएको ओबामाका प्रवक्ताले बताएका छन् ।

पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियानअघि न्युयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गरेका हुन् ।

तत्कालीन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उनले दावी गरेका छन् ।

ट्रम्पले श्रृङ्खलाबद्ध रुपमा ट्विट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको उल्लेख गरेका छन् । फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका बेला ट्रम्पले स्थानीय समयअनुसार शनिबार बिहानको ०६ः३० बजे श्रृङ्खलाबद्ध ट्विट गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर